_20221126074916.jpg)
काठमाडौं । प्रतिनिधिसभाको मंसिर ४ गते सम्पन्न निर्वाचनको मतगणना हुने क्रममा समानुपातिक तर्फको ९५ हजार ७३ हजार मत सदर भएको छ । आज बिहान ९ बजेसम्म प्रतनिधि सभाका १६५ क्षेत्रमध्ये १५९ क्षेत्रको अन्तिम परिणाम आइसक्दा यति मत सदर भएको हो ।
हालसम्मको मतगणनामा नेकपा (एमाले)ले २५ लाख ८४ हजार १९२ मत प्राप्त गरी पहिलो स्थानमा रहेको छ । त्यसैगरी, नेपाली कांग्रेसले २४ लाख ५२ हजार ८३ मत प्राप्त गरेको छ भने नेकपा (माओवादी केन्द्र)ले ११ लाख ६४७ मतका साथ तेस्रो स्थानमा रहेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ७१ हजार २५९ मत प्राप्त गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टी ५ लाख ५१ हजार १०७ मत पाएको छ । जनता समाजवादी पार्टी, नेपालले ३ लाख ५७ हजार ४६४ मत र जनमत पार्टी २ लाख ९९ हजार ८७३ प्राप्त गर्दै राष्ट्रिय दल बन्न अग्रसर हुँदा नेकपा एकीकृत समाजवादी २ लाख ६४ हजार ४७२ मतका साथ राष्ट्रिय दल बन्न संघर्ष गरिरहेको छ ।
नागरिक उन्मुक्ति पार्टीले २ लाख ४५ हजार २९१ र लोकतान्त्रिक समाजवादी पार्टी नेपालले १ लाख ३७ हजार ७१६ मत प्राप्त गर्दा अन्य दलले एक लाख मत कटाउन सकेका छैनन् ।
प्रतिक्रिया दिनुहोस