aarthiknews.com विहीबार, २६ माघ २०७९   Thursday, 09 February, 2023
 
kalapathar

एमाले सचिव रघुवीर महासेठ विजयी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १३ मंसिर २०७९
nabil bank
kispangmun.gov.np/
एमाले सचिव रघुवीर महासेठ विजयी
bhotekoshimun.gov.np/
LBF

काठमाडौं । नेकपा एमालेका सचिव रघुवीर महासेठले नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवलाई पराजित गर्दै प्रतिनिधिसभाको यात्रा निश्चित गरेका छन् । धनुषा निर्वाचन क्षेत्र नम्बर ४ मा महासेठले यादवलाई १ सय २४ मतको मतान्तरले पराजित गरेका हुन् ।

महासेठले ३२ हजार २ सय ३६मत ल्याए भने यादवले ३२ हजार १ सय १२ मत ल्याए। मतगणनाको क्रममा अत्यन्त कडा प्रतिस्पर्धा देखिएपनि अन्ततः कांग्रेस सहमहामन्त्री यादवलाई पराजित गर्दै महासेठले जीत निकालेका हुन् । 

महासेठ २०७४को निार्वाचनमा समेत यही निर्वाचन क्षेत्रबाट जित निकालेका थिए । यो जीत संगै नेकपा एमालेले मधेश प्रदेशमा सबैभन्दा बढी ९ वटा प्रतिनिधिसभा क्षेत्रमा जीत निकालेको हो ।

प्रतिक्रिया दिनुहोस