नेप्सेमा करिब ५ अंकको सुधार - Aarthiknews
aarthiknews.com बुधबार, ०६ कार्तिक २०७६   Wednesday, 23 October, 2019
 
Bajaj_Bike

नेप्सेमा करिब ५ अंकको सुधार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १० भदौ २०७६
Sunrise bank
नेप्सेमा करिब ५ अंकको सुधार
LBEF

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक मंगलबार सुधार भएको छ । यस दिन परिसूचक ४.८७ अंकले बढेर १२०८ बिन्दूमा पुगेको छ ।  कुल १६७ कम्पनीको ८ लाख ५० हजार कित्ता शेयर २४ करोड ४६ लाख रुपैयाँमा कारोबार भएको छ ।
यस दिन एनआईसी बैंकको सबैभन्दा बढी २ करोड ३६ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । समग्र परिसूचक बढेको दिन सबैको लघुवित्त कम्पनीका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीको शेयर मूल्य ९.९४ अंकले बढेको छ , त्यस्तै  आधीखोला लघुवित्त कम्पनीको शेयर मूल्य पनि ९.८९ अंकले बढेको छ । सबैभन्दा बढी गुमाउने सिटी एक्सप्रेस फाइन्नास रहेको  छ । मंगलबार कारोबारमा आएका समूहमध्ये होटल र निर्जीवन बीमा समूहबाहेक सबै समूह बढेका छन् ।
 

प्रतिक्रिया दिनुहोस