काठमाडौं । उदयपुर–१ मा रोकिएको मतगणना सुरु हुने भएको छ । निर्वाचन आयोगले स्थगित मतगणनालाई निरन्तरता दिन निर्देशन दिएपछि अहिलेकेही बेरपछि मतगणना सुरु हुने भएको हो ।
मतगणनापूर्व भएको सहमतिका आधारमा गणनालाई निरन्तरता दिन आयोगले मुख्य निर्वाचन अधिकृत कार्यालयलाई निर्देशन दिएको थियो ।
उदयपुर–१ मा आइतबार बिहान साढे १० बजेदेखि मतगणना रोकिएको थियो ।
उदयपुर–१ परराष्ट्रमन्त्री समेत रहेका डा. नारायण खड्काको क्षेत्र हो । यहाँ उनलाई नेकपा एमालेकी मञ्जु चौधरीले चुनौती दिएकी छन् ।
मतगणना रोकिँदासम्म त्यहाँ २१ हजार ८३३ मतसहित खड्का अगाडि छन् । दोस्रोमा रहेकी चौधरीले २० हजार १२० मत ल्याएकी छन् ।
प्रतिक्रिया दिनुहोस