
काठमाडौं । सञ्चार, सूचना तथा प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्की समेतको निर्वाचन क्षेत्र रहेको सुनसरी क्षेत्र नं. ४ मा अझैसम्म मतगणना सुरु हुन सकेको छैन । शनिबारदेखि रोकिएको मतगणना सुरु हुन नसकेको हो ।
आज केही बेरमा सर्वदलीय बैठक बस्ने र मतगणना गर्ने निर्वाचन आयोगले जनाएको छ । मन्त्री कार्कीले पुनः मतगणना गर्नका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएका थिए ।
त्यहाँका सम्पूर्ण विवरण उल्लेख गरेर निर्वाचन आयोगलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले निवेदन गरेको थियो । अधिकारीका अुनसार अहिलेसम्म आयोग सोमबार साँझ अबेर मतगणना सुरु गर्न पत्र पठाएको थियो । आयोग पत्र पाएपछि सर्वदलीय बैठक डाकिएको उनले बताए ।
निर्वाचन अधिकृतको कार्यालयका कर्मचारीहरुले नेकपा एमालेका उम्मेदवार जगदीश कुसियतसँग मिलेर ६ सय मत गडबडी गरेको आरोप उनले लगाएका थिए ।
प्रतिक्रिया दिनुहोस