aarthiknews.com विहीबार, २६ माघ २०७९   Thursday, 09 February, 2023
 
kalapathar

समानुपातिकमा घण्टीसँग माओवादीको प्रतिस्पर्धा, एसलाई आउनै कठिन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १३ मंसिर २०७९
nabil bank
kispangmun.gov.np/
समानुपातिकमा घण्टीसँग माओवादीको प्रतिस्पर्धा, एसलाई आउनै कठिन
bhotekoshimun.gov.np/
LBF

काठमाडौं । प्रतिनिधिसभाको निर्वाचन अन्तर्गतको गणना जारी रहेको समानुपातिक प्रणालीको मतगणना अन्तिम चरणमा पुग्दा नेकपा (एमाले)नै अगाडि रहेको छ । समानुपातिकर्फको पनि मतगणना अन्तिम चरणमा पुगेको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार ९४ लाख ९६ हजार ७१४ मत गणना भइसकेको छ । 

जसअनुसार नेकपा एमाले पहिलो दल बनेको छ । एमालेले समानुपातिकतर्फ २५ लाख ७० हजार ८२३ मत प्राप्त गरेको छ । प्रत्यक्षतर्फ पहिलो बनेको नेपाली कांग्रेसले २४ लाख ३८ हजार ६४४ मत प्राप्त गरेको छ ।

तेस्रो स्थानमा रहन नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टीको उछिनपाछिन चलिरहेको छ । पछिल्लो विवरण अुनसार राष्ट्रिय स्वतन्त्र पार्टीभन्दा नेकपा माओवादी केन्द्र २० हजार बढी मतले अघि छ । 

नेकपा माओवादी केन्द्रले १० लाख ९२ हजार ५७७ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ७० हजार  २५३ मत प्राप्त गरेको छ । 

त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी ५ लाख ४९ हजार १९८ मतसहित पाचौं स्थानमा छ । जनता समाजवादी पार्टीले ३ लाख ४५ हजार १७ मत प्राप्त गरेको आयोगले जनाएको छ । 

जनमत पार्टीले २ लाख ८८ हजार २१६ मतसहित सातौं स्थानमा रहँदा एकीकृत समाजवादी २ लाख ६२ हजार ८८४ मत सहित आठौंं स्थानमा छ । 

प्रतिक्रिया दिनुहोस