aarthiknews.com शुक्रबार, २० माघ २०७९   Friday, 03 February, 2023
 
kalapathar

प्रतिनिधिसभामा विजयी ८ जना महिला नेत्रीहरु

  • आजको गोरखापत्र दैनिकबाट
    आजको गोरखापत्र दैनिकबाट
  • मंगलबार, १३ मंसिर २०७९
nabil bank
kispangmun.gov.np/
प्रतिनिधिसभामा विजयी ८ जना महिला नेत्रीहरु
bhotekoshimun.gov.np/
LBF

काठमाडौं । प्रतिनिधि सभा सदस्यमा २२५ महिला उम्मेदवारमध्ये ८ जना विजयी भएका छन् । नेकपा (एमाले) बाट जुली कुमारी महतो ३३ हजार ३८८ मतसहित धनुषा–३ बाट विजयी भइन् । बारा–३ बाट ज्वाला कुमारी साह २० हजार २५१ मत र कास्की–२ बाट विद्या भट्टराई १६ हजार ९९८ मतसहित प्रतिनिधि सभा सदस्यमा निर्वाचित भइन् ।

नेकपा (माओवादी केन्द्र) को तर्फबाट दाङ–२ मा रेखा शर्मा २६ हजार ८८० मतसहित विजयी भइन् । उनले १९७ मतको मतान्तरले नेकपा एमालेका महासचिव शङ्कर पोखरेल पराजित गराइन् । कैलाली–१ मा नागरिक उन्मुक्ति पार्टीका रन्जिता श्रेष्ठ फराकिलो मतान्तरले विजयी भइन् । नेपाली कांग्रेसका सीता गुरुङ १९ हजार ७०७ मतसहित तेह्रथुम–१ मा विजयी भइन्।

काठमाडौं–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सोबिता गौतम १५ हजार २३८ मतसहित विजयी भइन् । उनीसँग पूर्व सभामुख माओवादी केन्द्रकी ओनसरी घर्तीमगर पराजित भइन् । माओवादी केन्द्रकी स्थायी कमिटी सदस्य पम्फा भुसाल ललितपुर – ३ मा २२ हजार मतान्तरले राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्कीसँग पराजित भइन् । 

महिलाहरू केही सङ्ख्यामा विजयी भए पनि धेरै पराजित भए । दाङ–१ मा एमालेकी सचेतक शान्ता चौधरी पाँच हजारको मतान्तरले नेकपा (एकीकृत समाजवादी) का मेटमणि चौधरीसँग पराजित भइन् ।

यस्तै, उपसभामुख एवम् नेपाली कांग्रेसकी केन्द्रीय सदस्य पुष्पा भुसाल अर्घाखाँची–१ मा  करिब १७ सय मतान्तरले एमालेका टोपबहादुर रायमाझीसँग पराजित भइन् ।

माओवादी केन्द्रबाट काठमाडौं–९ मा कल्पना धमला, काठमाडौं–१० मा अन्जना बिशंखेले चुनावी हारको सामना गरे । काठमाडौं – ७ मा माओवादी केन्द्रकी अस्मिता सिंह (मानुषी) यमी भट्टराई रास्वपाका गणेश पराजुलीसँग ९८ हजार ७४३ मतले करिब २६ सय मतान्तरले पछि परिन् । 

पूर्वमन्त्री एवम् एकीकृत समाजवादीकी रामकुमारी झाँक्री गुल्मी–२ मा एमालेका गोकर्ण विष्टसँग करिब दुई हजारको मतान्तरले पछि परिन् । 

प्रतिक्रिया दिनुहोस