नाडामा आइएम्एस ग्रुपकाे छुट्टै अफर - Aarthiknews
aarthiknews.com बुधबार, ०१ असोज २०७६   Wednesday, 18 September, 2019
 

नाडामा आइएम्एस ग्रुपकाे छुट्टै अफर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १० भदौ २०७६
Sunrise bank
नाडामा आइएम्एस ग्रुपकाे छुट्टै अफर
LBEF
NCH-IPS

काठमाडौं । नेपालको लागि आइएम्एस ग्रुप अन्तर्गत एससाङयाेङको एकल वितरक आइएम्एस मोटोरस्को ६ वटा विभिन्न मोडलमा कोरियन लक्जरी सुब्स् जसमा रेक्सटन, कोरान्डो, टिभोली, एक्सएलभि र एक्टोन् स्र्पोटस र द लेटेस्ट सट, मुसो रहेको छ ।

एससाङयाेङ  मोटर्सले यो वर्ष नाडा अटो सो आफ्नो सहभागिता रहेकोे छ । भृकुटीमण्डपमा आयोजित हुने नाडा प्रदर्शनीमा एससाङयाेङको स्टल नं.एच् १४ मा रहेको छ जसमा कम्पनीले अधिकत्तम छुटका साथ माइन्ड बोलोइङ अफर लिएर आएको छ । 

नाडा प्रदर्शनी २०१९ मा स्योङयाङ द अथेन्टीक सटः मुसो ग्रान्ड   ४/४ बेस्ट भ्यालु अवार्ड विजेता, पहिलो पटक यो प्रदर्शनीमा राखिएकोे छ जसको उद्घाटन माननीय अर्थ मन्त्री डा. युवराज खतिवडाले गरेकाे हाे । आकर्षक मूल्य र उपयोगिताको हिसाबले द मुस्कुलर स्र्पोट युटिलिटी टकको आफ्नै विशेषता छ । 

नेपालको लागि आइएम्एस ग्रुप अन्तर्गत एससाङयाेङको एकल वितरक आइएम्एस मोटोरस्को ६ वटा विभिन्न मोडलमा कोरियन लक्जरी सुब्स् जसमा रेक्सटन, कोरान्डो, टिभोली, एक्सएलभि र एक्टोन् स्र्पोटस र द लेटेस्ट सट, मुसो रहेको छ ।

यो अफर अन्तर्गत स्योङयाङले आफ्नो ग्राहकरुलाई अत्याधिक छुट दिने भएको छ । कोरियन लक्जरी सुब्स् भएको कारण एससाङयाेङले आफ्नो ग्राहकरुलाई भर्खरै मार्केटमा आएको स्यामसुङ ग्यालेक्सी नोट ज्ञण् अफर गर्नेछ । रेक्सटन, कोरान्डो, टिभोली, एक्सएलभि र एक्टोन् स्र्पोटस मोडलको गाडी खरिदमा यो अफर लागु गरिएको छ । कतिपय ग्राहकहरु आफ्नो पुरानो गाडीसंग नयाँ गाडी साट्ने सोचमा आएका हुन्छन् । त्यी ग्राहकहरुलाई तत्काल वेस्ट स्पोट एक्सचेन्ज सुविधा दिने र पुराना गाडीको उचित मूल्य दिने भएको छ ।

प्रमुख अफरहरु

१. एक वर्षको बिमा

२. एक वर्षको सवारी कर

३. पाँच वर्षको निःशुल्क सर्भिसिङ्ग

४. तीन वर्षको वारेन्टी ५. मासिक सरल किस्ता 

६. उचित ब्याजदर

७. २५ हजारसम्मको एक्सेसोरिज 

नाडामा लन्च हुन गईरहेको म्युसो ग्रान्डमा स्योङयाङ को नयाँ सुट सुरुवाती मूल्य रु. ७३ लाख ९९ हजार छ । साथसाथै पाँच वर्षे निःशुल्क सर्भिस, निःशुल्क बिमा अनि रु. २५ हजार बराबरको एक्सेसोरिज दिने भएकाे छ ।

 

प्रतिक्रिया दिनुहोस