aarthiknews.com विहीबार, २६ माघ २०७९   Thursday, 09 February, 2023
 
kalapathar

समानुपातिकमा टप १० यी पार्टी, ४ वटालाई राष्ट्रिय दल बन्न कठिन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १२ मंसिर २०७९
nabil bank
kispangmun.gov.np/
समानुपातिकमा टप १० यी पार्टी, ४ वटालाई राष्ट्रिय दल बन्न कठिन
bhotekoshimun.gov.np/
LBF

काठमाडौं । नेपालको संघीय संसदमा यस पटक ६ वटा पार्टीले मात्र राष्ट्रिय दलको मान्यता पाउने देखिएको छ । निर्वाचन कानुन अनुसार समानुपातिकमा न्युनतम ३ प्रतिशत मत ल्याउने पार्टीले मात्र राष्ट्रिय दलको मान्यता पाउने व्यवस्था भएकोले हालसम्मको मतपरिणाम हेर्दा यस्तो सम्भावना देखिएको हो । 

प्रतिनिधिसभा अन्तर्गतको जारी मतगणनामा नेकपा (एमाले)कै फराकिलो अग्रता कायमै रहेको छ । हालसम्मको गणनामा सदर भएको ९४ लाख ४ हजार ५६४ मत मध्य एमालेले २५ लाख ५० हजार ९५९ मत पाएर पहिलो दल बनेको हो ।

त्यसैगरी दोश्रो स्थानमा रहेको नेपाली कांग्रेसले २४ लाख १९ हजार २७८ मत पाएको छ । निर्वाचन आयोगको पछिल्लो तथ्यांक अनुसार नेकपा (माओवादी केन्द्र)ले १० लाख ७९ हजार ३१ मत पाएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ६५ हजार ६९७ मत ल्याएर चौथो स्थानमा छ । 

हलो चुनाव चिन्ह भएको राष्ट्रिय प्रजातन्त्र पार्टीको अहिलेसम्मको मत ५ लाख ४७ हजार २४९ हुँदा जनता समाजवादी पार्टीको ३ लाख ३७ हजार ६५७ मत रहेको छ । हालसम्म माथिका ६ वटा पार्टीले मात्र राष्ट्रिय दलको मान्यता पाउने गरी समानुपातिक मतमा थ्रेसहोल्ड कटाएका छन् । 

त्यसैगरी प्रत्यक्षमा १ सिट मात्र जितेको जनमत पार्टीले २ लाख ७८ हजार ७०० मत ल्याएर सातौं स्थान कायम गरे पनि अझै राष्ट्रिय दल बन्न सकेको छैन । यस पार्टीले राष्ट्रिय दलको मान्यता पाउन अझै ४० हजार भन्दा बढी मत ल्याउनु आवश्यक छ । 

त्यस्तै प्रत्यक्षमा १० सिट जितेका नेकपा (एकिकृत समाजवादी)ले समानुपातिकमा आठौं स्थान मात्र कायम गर्न सकेको छ । यो पार्टीले हालसम्म २ लाख ५७ हजार ९७५ मत ल्याएको छ । उसले राष्ट्रिय दल बन्न अझै ६० हजारभन्दा बढी मत ल्याउनु पर्नेछ । 

प्रत्यक्षमा ३ सिट जितेको नागरिक उन्मुक्ति पार्टीले हालसम्म समानुपातिकमा २ लाख ३८ हजार १३६ मत प्राप्त गरेको हो । दशों स्थानमा प्रत्यक्षमा ४ सिट जितेको लोकतान्त्रिक समाजवादी पार्टीले १ लाख ३० हजार ३३८ मत पाएको छ । 

प्रतिक्रिया दिनुहोस