aarthiknews.com विहीबार, २६ माघ २०७९   Thursday, 09 February, 2023
 
kalapathar

अख्तियारद्धारा भ्रष्टाचारको आरोपमा १० जना विरुद्ध मुद्दा दायर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १२ मंसिर २०७९
nabil bank
kispangmun.gov.np/
अख्तियारद्धारा भ्रष्टाचारको आरोपमा १० जना विरुद्ध मुद्दा दायर
bhotekoshimun.gov.np/
LBF

काठमाडौं । अख्तियार दुुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको आरोपमा १० जना विरुद्ध मुद्दा दायर गरेको छ । आयोगले नहर निर्माण र अन्य कार्यमा भ्रष्टाचार गरेको आरोप १० जना विरुद्ध मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार नारायणी सिंचाई व्यवस्थापन डिभिजन पर्सा ब्लक नं २ र १० को नहर निर्माण कार्यमा भ्रष्टाचार भएको भन्ने उजुरी परेको थियो । सोही उजुरीको आधारमा अनुसन्धान हुँदा इरिगेसन एण्ड वाटर रिसोर्स म्यानेजमेन्ट प्रोग्राम, ब्लक २ हरिहरपुर पर्सा क्यानल रसिपिङ वर्क योजनामा उपभोक्ता संस्थालाई बद्‌नियत पूर्वक काम नै नभएको अवस्थामा पनि झुट्टा बिल ५ लाख ६१ हजार ,९५० रुपैयाँ भ्रष्टाचार गरेको पुष्टि भएको हो ।

आयोगले तत्कालिन सिडिई मदन मोहन झा, तत्कालिन लेखा अधिकृत मुरारी प्रसाद आचार्य, ब्लक नम्बर २ हरिपरपुर बिर्ता पर्साका अध्यक्ष कसुमदेवी कलवार र कोषाध्यक्ष राजकिशोर प्रसाद विरुद्ध जनही ५ लाख ६१ हजार ,९५० विगोदावी सहित मुद्दा दायर गरेको हो ।

त्यसैगरी, आयोगले सिंचाई कुलो निर्माण योजनामा भ्रष्टाचार गरेको आरोपमा ६ जनाविरुद्ध मसद्दा दायर गरेको छ । आयोगले तत्कालीन निमित्त कार्यालय प्रमुख ९अधिकृत छैठौं० पंचलाल बुढा, मुगु कृषि विकास कार्यालयका तत्कालीन सब(इन्जिनियर राजेन्द्र शाही, परेप सिंचाई कुलो निर्माण उपभोक्ता समितिका अध्यक्ष जय बहादुर मल्ल, कोषाध्यक्ष चेतना शाही, सचिव शान्ती शाही ९मल्ल०, सदस्य तप बहादुर मल्ल विरुद्ध मुद्दा दायर गरेको हो । 

अयोगका अनुसार मुगुको छायाँनाथ रारा नगरपालिका वडा नं १, स्थित परेप सिंचाई कुलो निर्माण योजनामा कर्णाली प्रदेश, पूर्वाधार विकास मन्त्रालय अन्तर्गत खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुबाट क्रमागत निर्माणका लागि बजेट विनियोजित भएको दोहोरो भुक्तानी लिई रकम हिनामिना गरेको उजुरी परेको थियो । 

सोही उजुरीको आधारमा अनुसन्धान हुँदा उनीहरुले ८ लाख ९ हजार ३५९ रुपैयाँ रकम हिनामिना गरेको पुष्टि भएको छ । उनीहरु विरुद्ध जनही ८ लाख ९ हजार ३५९ रुपैयाँ मागदावी सहित अयोगले विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो । 


 

प्रतिक्रिया दिनुहोस