aarthiknews.com बुधबार, २० मंसिर २०८०   Wednesday, 06 December, 2023
 
Royal Enfield

शिल्पा शेट्टीले खोलिन 'बिज्जा' रेष्टुरेन्ट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १२ मंसिर २०७९
Global IME
शिल्पा शेट्टीले खोलिन 'बिज्जा' रेष्टुरेन्ट
DHI
nmb

एजेन्सी । बलिउडमा फिल्मका कलाकारहरु चलचित्र उद्योग बाहेक व्यवसायमा पनि हात हालेका छन् । बलिउडकी चर्चित नायिका शिल्पा शेट्टीले मुम्बईमा पिज्जा रेष्टुरेन्ट खोलेकी छिन् ।  जसको भिडियो अहिले सामाजिक सञ्जालहरुमा सार्वजनिक भएको छ । यस भिडियोमा शिल्पा आफ्नो रेष्टुरेन्ट बाहिर पापाराजी पिज्जा खुवाउँदै गरेको देखिन्छिन ।

 शिल्पा छोरा वियान र छोरी समिषासँग रेष्टुरेन्ट खोल्न पुगेकी थिइन् । शिल्पाको पिज्जा रेष्टुरेन्टको नाम ‘बिज्जा’ हो । यो भिडियोमा शिल्पा पापाराजीसँग कुरा गर्दै भन्छिन्, ‘यो फोटो खिच्नका लागि होइन, यो तिम्रो लागि हो’ । शिल्पाको यो स्टाइल धेरैले मन पराएका छन् ।

प्रतिक्रिया दिनुहोस