सार्वाजनिक गाडी विद्युतीय बाँकी हाइब्रिड बनाइनेः अर्थमन्त्री खतिवडा - Aarthiknews
aarthiknews.com बुधबार, ०१ असोज २०७६   Wednesday, 18 September, 2019
 

सार्वाजनिक गाडी विद्युतीय बाँकी हाइब्रिड बनाइनेः अर्थमन्त्री खतिवडा

  • मानमती पन्त
    मानमती पन्त
  • मंगलबार, १० भदौ २०७६
Sunrise bank
सार्वाजनिक गाडी विद्युतीय बाँकी हाइब्रिड बनाइनेः अर्थमन्त्री खतिवडा
LBEF
NCH-IPS

काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले सार्वजनिक सवारीसाधन विद्युतीय बनाइने तथा बाँकी सवारी साधन हाइब्रिडमा लाने बताएका छन् । राजधानीमा नाडा अटो शोको उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले आयातित उर्जाको सट्टा आफ्नै देशको उर्जा प्रयोग गरेर हाइब्रिड गाडी संचालन गर्नुपर्ने बताएका छन् । 

अर्थमन्त्रीले कमसेकम २० प्रतिशतभन्दा कम मूल्य बृद्धि हुने उत्पादनमा बहस नगर्दा राम्रो हुने बताएका छन् । 

यसैगरी सवारी साधन नवीकरण गर्नका लागि अनलाईन मार्फत सबै विवरण राख्नुपर्ने ब्यवस्था गरी सहज बनाइने जानकारी दिएका छन् । 
देशले धान्न नसक्ने भएपछि करको दायरा तथा अन्तशुल्क बढाइएको उनको भनाई छ । अधिकतम भन्सार ८० प्रतिशत भन्दा बढी लगाउदैनौ भन्दै अर्थमन्त्रीले व्यावसायिक वातावरण बिग्रेको नभई लगानीको माग अनुसारको गतिमा पुग्न नसकिरहेको अवस्था विद्यमान रहेको नाडा अटो शोमा भनेका छन् । 

गत आर्थिक वर्षमा धेरै उद्योग दर्ता भएको र आयात १४ प्रतिशत भन्दा कम र निर्यात १९ प्रतिशत माथी रहेको भन्दै यसलाई सुखद मान्नुपर्ने तर्क अर्थमन्त्रीले गरेका छन् । अर्थमन्त्री खतिवडाले देशको औद्योगिकरणको लागि एसेम्ब्ली प्लान्ट राख्नुपर्ने बताएका छन् ।

आयातित सवारीबाट आम्दानी बढाउनुभन्दा एसेम्बल्ड प्लान्ट राखेर देशमै उत्पादन थाल्नुपर्नेमा अर्थमन्त्री खतिवडाको जोड थियो । 
सरकारले विद्युतीय गाडीको एसेम्बल प्लान्टलाई प्राथमिकतामा राखेको पनि उनले जानकारी दिए ।
 
सार्वजनिक सवारी साधनको दर्ता हेर्ने हो भने बषैंमा दुई गुणा र दश वर्षमा चार गुनाले सवारी साधन आयात भएकोमा चिन्ता ब्यक्त गर्दै अर्थमन्त्रीले आयातित सवारीलाई कम गर्दै देशभित्रै गाडीको उत्पादन थाल्नुपर्ने धारणा राखेका छन् । 

उनले भने कुनै पनि देश औद्योगिकरणतर्फ जाने नै एसेम्बली प्लान्टबाट हो। हामीले विद्युतीय गाडीको एसेम्बली प्लान्टमा प्राथमकिता दिएका छौं । विद्युतीय सवारी उत्पादनका लागि २५ प्रतिशत सरकारी संरक्षण रहने समेत बताएका छन् । 

प्रतिक्रिया दिनुहोस