_20221126074916.jpg)
काठमाडौं । मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभाको समानुपातिक तर्फको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा माओवादी केन्द्रको प्रतिस्पर्धा रोचक रहेको छ । यी दुई पार्टीले आफूलाई तेश्रो स्थानमा राख्न तीब्र प्रतिस्पर्धा गरिरहेका छन् ।
हालसम्म प्राप्त परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ६३ हजार ७१८ मत पाएको छ । नेकपा माओवादी केन्द्रले १० लाख ६२ हजार ७४७ मत पाएर चौथो स्थानमा छ ।
समानुपातिकमा सबैभन्दा बढी मत पाएको नेकपा (एमाले)ले निरन्तर अग्रता लिएको छ । हालसम्म ९३ लाख ५७ हजार ६६ मतगणना भएकोमा एमालेले २५ लाख ३४ हजार ३२३ मत पाएर अग्रता लिएको हो ।
त्यस्तै दोश्रो स्थानमा रहेको नेकपाली कांग्रेसले २३ लाख ९९ हजार ८३१ मत पाएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी ५ लाख ४५ हजार ६५६, जनता समाजवादी पार्टी, नेपाल ३ लाख २६ हजार ३७२, जनमत पार्टी २ लाख ६२ हजार ८२६ पाएको छ ।
नेकपा (एकीकृत समाजवादी) २ लाख ५२ हजार २७, नागरिक उन्मुक्ति पार्टी २ लाख ३७ हजार ९६२ र लोकतान्त्रिक समाजवादी पार्टी नेपालले १ लाख २७ हजार ९१८ मत पाएको छ ।
प्रतिक्रिया दिनुहोस