विमान मर्मत गर्ने इन्जिनियरहरु सवार विमान नै दुर्घटना, मानवीय क्षति हुन पाएन - Aarthiknews
aarthiknews.com आइतबार, २९ मंसिर २०७६   Sunday, 15 December, 2019
 
Bajaj_Bike

विमान मर्मत गर्ने इन्जिनियरहरु सवार विमान नै दुर्घटना, मानवीय क्षति हुन पाएन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १० भदौ २०७६
Sunrise bank
विमान मर्मत गर्ने इन्जिनियरहरु सवार विमान नै दुर्घटना, मानवीय क्षति हुन पाएन
LBEF
NCH-IPS

लखनउ । भारतको उत्तर प्रदेश राज्यस्थित अलीगढमा मंगलबार विमान दुर्घटना भएको छ ।

धनीपुर विमानस्थलमा अवतरणको क्रममा विमान दुर्घटना भएको हो । भारतीय सञ्चारमाध्यमका अनुसार अवतरणका क्रममा विद्युत तारमा अल्झिएर विमान दुर्घटना भएको हो ।

विमानमा विमान मर्मत गर्ने इन्जिनियरको टोली सवार थियो । उनीहरु सोही विमानस्थलमा ‘ग्राउन्डेड’ एउटा विमान मर्मतका लागि दिल्लीबाट विमान चार्टर्ड गरी अलीगढ गएका थिए ।

समाचार एजेन्सीहरुका अनुसार अवतरका क्रममा विद्युत तारमा अल्झिएर विमानमा आगो लागेको प्रत्यक्षदर्शीले बताएका छन् । विमानमा दुई पाइलटसहित ६ जना सवार थिए । उनीहरु सामान्य घाइते रहेको बताइएको छ । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस