aarthiknews.com आइतबार, २१ जेठ २०८०   Sunday, 04 June, 2023
 

बैदेशिक रोजगारीमा रहेको नेपाली नागरिकलाई सिआरएन नम्बर लिन आग्रह

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ११ मंसिर २०७९
बैदेशिक रोजगारीमा रहेको नेपाली नागरिकलाई सिआरएन नम्बर लिन आग्रह
NIBL

काठमाडौं । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले बैदेशिक रोजगारीमा रहेका रहेका नेपालीहरुलाई सि–आस्बा रजिष्ट्रेशन नम्बर (सिआरएन) लिन आग्रह गरेको छ । सिडिएससीले श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरुलाई सम्पूर्ण सि–आस्बा सदस्यहरूबाट सिआरएन नम्बर लिन आग्रह गरेको हो । सिडिएससीले सि–आस्बा प्रणालीमा बैदेशिक रोजगारीमा गएका नेपालीहरूले रेमिट्यान्स बचत खातामा प्रदान गरिने सिआरएन नम्बर प्रविष्टि गर्ने व्यवस्था मिलाईसकेको बताएको छ ।

नेपाल धितोपत्र बोर्ड (सेवोन) ले कात्तिक १७ गतेदेखि धितोपत्र निष्काशत तथा बाँडफाँट निर्देशिका , २०७९ छैठौं संशोधन लागू गरेको थियो । बोर्डले निर्देशिका लागू गरेपछि आईपीओ निष्कासनका लागि स्वीकृति पाएका कम्पनीको धितोपत्रमा बैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूले १० प्रतिशत आरक्षण पाउने भएका हुन । यो व्यवस्था लागू भएपछि पहिलो पटक बैदेशिक रोजगारीमा रहेको नेपाली नागरिकले कात्तिक १४ गतेदेखि निष्कासनमा आउने लागेको कालिञ्चोक दर्शन लिमिटेको आईपीओमा आवेदन दिन सक्नेछन् ।

कालिञ्चोक दर्शनले १ लाख ८ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याएको छ । वैदेशिक रोजगारीमा गएका योग्य नेपाली आवेदकले मंसिर २८ गतेसम्म आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा गएका नेपालीले न्यूनतम १० कित्ता देखि अधिकतम १० हजार ८०० कित्तासम्म माग गर्न सक्ने गरी कालिञ्चोक दर्शनले आईपीओ विक्री खुला गर्न लागेको हो । 

वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएर गएका नेपालीहरूले मात्र प्रारम्भिक सार्वजनिक निष्कासनमा छुट्याईएको धितोपत्र खरीदका लागि आवेदन दिन सक्नेछन् । साथै रेमिट्यान्स बचत खाता भएका र उक्त खातामा पछिल्लो ६ महिनामा कम्तिमा पचास हजार नेपाली रूपैयाँ आफू रोजगारीमा रहेको मुलुकबाट जम्मा गरेका नेपालीले मात्र आवेदन दिन पाउने व्यवस्था बोर्डले गरेको छ । 

प्रतिक्रिया दिनुहोस