aarthiknews.com शुक्रबार, २६ जेठ २०८०   Friday, 09 June, 2023
 

लिंक इन्टरनेशनल मेनपावरको यस्तो आयो भनाई

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ११ मंसिर २०७९
लिंक इन्टरनेशनल मेनपावरको यस्तो आयो भनाई
NIBL

काठमाडौं । शुक्रबार ‘लिंक इन्टरनेशनल मेनपावरमा छापा, मोटो रकम लिने गरेको खुलासा’ शीर्षकमा प्रकाशित समाचारको सम्बन्धमा सो मेनपावरका सञ्चालक कमल काफ्लेले आफ्ना भनाई राखेका छन् । 

उनले भनेका छन्, ‘पिडित भनिएकाहरुलाई यस प्रालि वैदेशिक रोजगार विभाग वा ७७ जिल्ला प्रहरी कार्यालयमा उपस्थित गराई उजुरी दिन लगाई न्याय गरिदिनुहुन अनरोध गर्दछु अन्यथा उक्त समाचारबाट यस प्रालिको ख्याती तथा सञ्चालकले व्यहोरेको सामाजिक न्याय तथा मानसिक पिडाको कानुनी उपचार खोज्न सम्बन्धित निकायमा जान बाध्य हुनेछु ।’

उक्त मेनपावरले अवैध रुपमा युरोपका विभिन्न मुलुकहरुमा मोटो रकम लिएर पठाउने गरेको विषयमा काफ्ले यसो भन्छन्, ‘आफुले युरोप पठाउने गरेकै छैन । एक जना मात्र युरोप पठाएको र पीडित भएको व्यक्ति देखाइदिनुहोस् ।’

लिंक इन्टरनेशनल प्लेसमेन्ट सर्भिस नेपालका निकायहरुमा दर्ता भएर सञ्चालनमा रहेको कम्पनी भएको भन्दै विदेशी कुनै कम्पनीसँग लोगो र नाम मिल्नुमा आफ्नो कुनै दोष नभएको उनी बताउँछन् । 

आर्थिक न्युजमा प्रकाशित समाचारमा उल्लेख गरिएको अबुभावि स्थित अल फराहा कम्पनीमा कार्यरत ६ जना नेपाली कामदारहरुले पारिश्रमिक नपाएको कुरा भने उनले स्वीकार गरेका छन् । 

ती पीडितहरु नेपाल फर्किए उनीहरुलाई तिर्नुपर्ने सम्पुर्ण क्षतिपूर्ती सहितको रकम तिर्न समेत आफु तयार भएको काफ्लेले जारी गरेको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।   
 

प्रतिक्रिया दिनुहोस