aarthiknews.com विहीबार, १९ माघ २०७९   Thursday, 02 February, 2023
 
kalapathar

समानुपातिकमा अहिलेसम्म कुन दलले कति मत ल्याए ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ११ मंसिर २०७९
nabil bank
kispangmun.gov.np/
समानुपातिकमा अहिलेसम्म कुन दलले कति मत ल्याए ?
bhotekoshimun.gov.np/
LBF

काठमाडौं । अघिल्लो आइतबार सम्पन्न भएको आम निर्वाचन अन्तर्गत जारी मतगणनामा समानुपातिक तर्फ नेकपा (एमाले) सबैभन्दा ठूलो दल बनेको छ । एमालेले हालसम्म २२ लाख ९० हजार ३९७ मत ल्याएर सबैभन्दा ठूलो दल बनेको हो । 

एमालेपछि दोश्रोमा रहेको नेपाली कांग्रस झण्डै १ लाखकै अन्तरले पछाडी छ । उसले २१ लाख ९१ हजार ३८२ मत पाएको छ भने तेश्रो स्थानमा रहेको नेकपा (माओवादी केन्द्र)को ९ लाख ५८ हजार ४१८ मत रहेको छ । 

नजगठित राष्ट्रिय स्वतन्त्र पार्टीले ९ लाख १८ हजार ४३५ मत ल्याउँदा राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ लाख ८४ हजार ९३९, जनता समाजवादी पार्टीले २ लाख ७९ हजार ९३९, नेकपा (एकीकृत समाजवादी) ले २ लाख १८ हजार २२१, जनमत पार्टीले २ लाख १३ हजार १०३, नागरिक उन्मुक्ति पार्टीले १ लाख ९६ हजार ६८६ मत ल्याएका छन् । 

प्रतिक्रिया दिनुहोस