
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा गृहमन्त्री बालकृष्ण खाँणलाई पछाडि पार्दै राप्रपाका दिपक बोहोरा विजयी भएका छन् । रुपन्देही क्षेत्र नंं. ३ मा उम्मेदवार रहेका खाँणलाई २ हजार ६ सय ८१ मतले पछाडि पार्दै बोहोराले जित हासिल गरेका हुन् । बोहोराले ३६ हजार ७ सय १७ मत प्राप्त गरेका थिए भने खाँणले ३४ हजार ३६ मत प्राप्त गरेका थिए ।
रुपन्देहीमा निर्वाचन सहज र पार्दशित रुपमा सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत कृष्णराम कोइरालाले बताए । ३ दलिय तालमेलमा भएको निर्वाचन जनताको जित भएको भन्दै जनता सँग वाचा गरेका प्रतिवद्धता पूरा गर्न दिपक बोहोरा लाग्ने राप्रपा केन्द्रिय सदस्य स्वाती थापाले बताइन् ।
जनताले दिएको विश्वासलाई कुनै कमी नराखी चुनावी एजेण्डा अनुसार काम गर्न कटिबद्ध हुने ३ दलिय तालमेलका नेकपा एमालेबाट लुम्बिनी प्रदेश सभामा निर्वाचित तुलसी चौधरीले बताए । रुपन्देही क्षेत्र नं. ३ मा कुल १ लाख ३२ हजार ७ सय ९१ मतदाता रहेकोमा ९३ हजार ५ सय ६७ मत खसेको थियो ।
जनमत पाटीका प्रमोद कुमार राउतले ३ हजार ३ सय १७ मत, नागरिक उन्मुक्तिपार्टीका तुल्सी प्रसाद थारुले ४ हजार ७ सय ५१ मत, राष्ट्रिय स्वतन्त्र पाटीका जितबहादुर गुप्ताले ५ हजार ७ सय ९६ मत, हाम्रो नेपाली पार्टीका प्रख्यात बन्जाडेले १ हजार ३ सय ८४ मत प्राप्त गरेका थिए ।
प्रतिक्रिया दिनुहोस