aarthiknews.com विहीबार, २६ माघ २०७९   Thursday, 09 February, 2023
 
kalapathar

पशुपति कलेज रुपन्देहीको रक्तदान र छात्रवृत्ति कार्यक्रम

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १० मंसिर २०७९
nabil bank
kispangmun.gov.np/
पशुपति कलेज रुपन्देहीको रक्तदान र छात्रवृत्ति कार्यक्रम
bhotekoshimun.gov.np/
LBF

भैरहवा । पशुपति कलेज रुपन्देहीले भूपू विद्यार्थी भेला, रक्तदान तथा छात्रवृत्ति वितरण कार्यक्रम गरेको छ । शनिबार क्याम्पस परिसरमा कलेजको स्थापना २०६२ सालका विद्यार्थीहरुको भेला गरी कलेजलाई शैक्षिक उन्नती गर्नको लागि भूपू विद्यार्थी धुब्र भण्डारीको अध्यक्षतामा समिती गठन गरेको छ ।

 कलेजलाई शैक्षिक गतिविधिमा अब्बल राख्नको लागि भूपू विद्यार्थीको भूमिका महत्वपूर्ण हुने भएकोले भेलाको आयोजना गरिएको सञ्चालक समितिका अध्यक्ष टिबी रानाले बताए । क्याम्पसलाई अगाडि बढाउने कार्यमा प्रशासन र भूपू विद्यार्थी सहितको टिम कोषेढुङ्गा सावित हुने अध्यक्ष रानाले जोड दिए ।

कलेजको १७ वार्षिकोत्सवको पूर्व सध्यामा कलेजको स्नातक तह प्रथम वर्ष देखि चौथो वर्षमा अध्ययनरत विद्यार्थी मध्ये ८० जनालाई जनही ५ हजारका दरले छात्रवृत्ति प्रदान गरेको सहायक क्याम्पस प्रमुख जितबहादुर राजकोटीले बताए । क्याम्पसको वार्षिकोत्सवको अवसरमा अध्ययनरत विद्यार्थी तथा प्राध्यापकबाट १५ युनिट रगत नेपाल रेडक्रस सोसाइटीलाई प्रदान गरेको शिक्षा संकाय प्रमुख नारायण ज्ञवालीले जानकारी दिए ।  

प्रतिक्रिया दिनुहोस