
काठमाडौं । रवि लामिछानेले निर्वाचन खर्च सार्वजनिक गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका लामिछानेले आफ्नो निर्वाचन खर्च ११ लाख ८१ ४७२ रुपैयाँ लागेको आफ्नो फेसबुकबाट सार्वजनिक गरेका छ ।
उनी चितवनको प्रतिनिधि सभा क्षेत्र नम्बर २ बाट निर्वाचित लामिछानले चुनावी भएको खर्च सार्वजनिक गरेका हुन । उनले औपचारिक सपथग्रहणको दिन वा त्यस अगावै आफ्नो चुनावी खर्चको पूर्ण विवरण तथा आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नेसमेत बताएका छन् ।
लामिछानेल प्रत्यक चार महिनामा सार्वजनिक सुनुवाइमा आफैं उपस्थित हुने बताए । कार्यकाल भरी कुनै पनि सम्मान, पुरस्कार, उपहार ग्रहण नगर्ने बताएका छन् । सबै संघ संस्थाहरुको हकहितको नीतिगत काममा दिलोज्यानले लाग्नेछु तर ती कार्यक्रमहरुको उद्घाटन, आसनग्रहण भाषणहरुमा सहभागी नहुने बताएका छन् ।
भोज,भतेर,पारिवारिक उत्सव जमघट आदिमा सहभागी नहुने समेत जानकारी गराएका छन। ५० मिडियाहरुमा अन्तर्वार्ता दिने र पार्टीका नीतिहरु बारे बोल्ने जिम्मा पार्टीका अन्य साथीहरूलाई दिइएको समेत उनले जानकारी गराएका छन।
प्रत्यक ४र४ महिनामा सार्वजनिक सुनुवाइमा सार्वजनिक स्थानमा नागरिकलाई जवाफ दिनका लागि भने उन आफै उपस्थित हुनेछन । कुनै पनि रेस्टुरेन्ट, होटल, सिनेमा हल, पार्किङ आदिको सेवा सित्तैमा लिने नलिने घोषणा गरेका छन। सपथग्रहण लगत्तै आफनो नम्बर सबैका लागि सार्वजनिक गर्ने बताए।
प्रतिक्रिया दिनुहोस