aarthiknews.com मंगलबार, १३ मंसिर २०७९   Tuesday, 29 November, 2022
 
Everest Bank
British College
Blue Diamond

नेप्सेले गर्यो बैंक अफ काठमाण्डूको शेयरमूल्य समायोजन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०८ मंसिर २०७९
नेप्सेले गर्यो बैंक अफ काठमाण्डूको शेयरमूल्य समायोजन
ismt college
nabil bank

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडको शेयरमूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले बिहीवार बैंकको प्रस्तावित ६ प्रतिशत बोनस शेयर प्रयोजनका लागि मूल्य समायोजन गरेको हो । नेप्सेले कम्पनीको पछिल्लो कारोबार दिनको शेयरमूल्य रू. २२७ दशमव १० को आधारमा बोनस शेयरपछिको मूल्य रू. २१४ दशमलव २५ कायम गरेको हो ।

ग्लोबल आइएमई बैंकसँगको मर्जर प्रकृयामा रहेको यस बैंकको शेयर कारोबार भने गत असार २ गतेदेखि रोक्का रहेको छ । बैंकले मर्जर प्रस्तावसँगै लाभांश प्रस्तावलाई समेत स्वीकृति प्रदान गर्नका लागि मंसिर २३ गते २८ औं वार्षिक साधारण सभा बोलाएको छ ।

सभाले ग्लोबल आइएमई बैंक सँगको मर्जर प्रस्तावलाई अन्तिम स्वीकृति प्रदान गर्नेछ भने प्रस्तावित ६ प्रतिशत बोनस शेयर र बोनस शेयर कर प्रयोजनका लागि समेत १४ दशमलव ९५ प्रतिशतका नगद लाभांशलाई समेत पारित गर्नेछ । बैंक अफ काठमाण्डूले गत आर्थिक वर्ष ०७८÷७९ का लागि हाल कायम चुक्तापूँजी रू. १० अर्ब ६२ करोड ३९ लाख ९४ हजारको आधारमा कुल २० दशमलव ९५ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको हो ।
 

प्रतिक्रिया दिनुहोस