
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्र लिङ्देनले झापा क्षेत्र–३ प्रतिनिधि सभा सदस्य निर्वाचित भएका छन्। लिङ्देन ३ हजार २ सय ७६ मतान्तरसहित विजयी भएका हुन्।
उनले नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री कृष्णप्रसाद सिटौलालाई पराजित गर्दै जित निकालेका हुन्। लिङ्देनले ४० हजार ६ सय ४८ मत ल्याए भने सिटौलाले ३७ हजार ३ सय ७२ मत ल्याए।
प्रतिक्रिया दिनुहोस