aarthiknews.com बुधबार, २० मंसिर २०८०   Wednesday, 06 December, 2023
 
Royal Enfield

कामना सेवा विकास बैंकको २० हजार कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०८ मंसिर २०७९
Global IME
कामना सेवा विकास बैंकको २० हजार कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी
DHI
nmb

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले २० हजार कित्ता संस्थापक शेयर सर्वसाधारणमा विक्री खुला गरेको छ । कम्पनीले यस अघि विद्यमान संस्थापक शेयरधनीहरूका लागि विक्री खुला गर्दा वितरण हुन नसकेपछि अन्य व्यक्ति तथा संस्थाहरूले खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको हो ।

मंसिर ८ गते सुचना जारी गर्दै कम्पनीले आगामी ३५ दिनभित्र उल्लेखित कित्ता शेयर खरीद गर्न इच्छुक अन्य व्यक्ति तथा संस्थाहरूलाई आवेदन पेश गर्न आग्रह गरेको छ ।

इच्छुक खरीदकर्ताहरूले तोकिएको मितिभित्र कम्पनीको केन्द्रिय कार्यालय ज्ञानेश्वर, काठमाडौंमा के कति कित्ता शेयर खरीद गर्ने हो सोको व्यहोरा खुलाई निवेदन दिनुपर्नेछ । धितोपत्र दोस्रो बजारमा यस कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ३०० भन्दा बढी रहेको छ । पछिल्लो कारोबार दिन मंसिर ७ गते कम्पनीको अन्तिम शेयरमूल्य रू. ३०७ दशमलव ५० कायम भएको हो ।
 

प्रतिक्रिया दिनुहोस