
काठमाडौं । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादीका स्थायी समिति सदस्य तथा पूर्वस्वास्थ्य मन्त्री विरोध खतिवडाले हारेका छन् । उनी नेकपा एमालेका महेश बर्तौलासँग हारेका हुन छन् । बर्तौलाले ४ हजार ५२० मतान्तरले चुनाव जितेका हुन् ।
कुल ८६ हजार ३०१ मत गणना गर्दा एमालेका बर्तौलाले ३४ हजार ९१६ मत पाएका थिए भने खतिवडाले ३० हजार ३९६ मत पाए । यता राष्ट्रिय स्वतन्त्र पार्टीका भरत पराजुलीले १२ हजार ३९ मत पाएका थिए ।
प्रतिक्रिया दिनुहोस