
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखा–२ बाट निर्वाचित भएका छन् । अन्तिम मतपरिणाम अनुसार प्रचण्ड २६ हजार १ सय १ मतसहित विजयी भएका हुन् ।
प्रचण्डका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीले १२ हजार ६ सय ३६ मत प्राप्त गरेका छन् ।
नेकपा एमालेका अब्दुस सलाम मिया धेरै मतान्तरका साथ तेस्रो स्थानमा सीमित भएका छन् । उनले ७ हजार ३१२ मत प्राप्त गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस