aarthiknews.com मंगलबार, १३ मंसिर २०७९   Tuesday, 29 November, 2022
 
Everest Bank
British College
Blue Diamond

कुमारी बैंक र एनसीसी बैंकबीच मर्जरको अन्तिम सम्झौता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०७ मंसिर २०७९
कुमारी बैंक र एनसीसी बैंकबीच मर्जरको अन्तिम सम्झौता
ismt college
nabil bank

काठमाडौं । कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी)बैंकबीच  मर्जरमा जाने अन्तिम सम्झौता बुधबार भएको छ ।  कुमारी बैंकको केन्द्रिय कार्यालय टंगालमा सम्झौता पत्रमा हस्ताक्षर भएको हो । साथै दुबै बैंकका संचालक समितिहरुले १स्१ अनुपातको शेयर आदन–प्रदान समेत स्वीकृत गरिसकेको छ ।

असोज १० गते संयुक्त मर्जर समितिले बैंकको सम्पत्ति, दायित्व तथा कारोबारको मुल्यांकन गर्न गरेको थियो । उक्त मुल्यांकनकर्ताले दुवै बैंकको सम्पत्ति, दायित्व तथा कारोबारको मुल्यांकन गरेको आधारमा १ः१ शेयर आदान प्रदान अनुपात निर्धारण गरी संचालक समितिको अनुमोदन हो । बैंकको संचालक समितिको मंसिर १ गते बसेको बैठकले मर्जर प्रयोजनको लागि दुवै संस्थाको शेयर आदान प्रदान अनुपात कायम गर्ने गरी स्वीकृत गर्ने निर्णय गरिसकेको छ ।

मर्जपछि बन्ने बैंकको चुक्ता पूँजी २५ अर्ब ८५ करोडरुपैयाँ र बैकको निक्षेप ३ खर्ब ११ अर्ब ३४ करोड निक्षेप पुग्ने छ । त्यस्तै  कर्जा २ खर्ब ७४ अर्ब ५५ करोड रुपैयाँ हुनेछ । दुई बैंक गाभिएपछि चुक्ता पूँजी २५ अर्ब ८५ करोड हुनेछ । 

मर्जरपछि बैंकको प्रमुख कार्यकारी अधिकृतमा एनसीसी बैंकका रमेशराज अर्याल  र  कुमारीका रामचन्द्र खनाल वरिष्ठ डेपुटी प्रमुख कार्यकारी अधिकृत हुने सहमति यसअघि नै भइसकेको छ  । मर्जरपछि बैंकको नाम कुमारी बैंक हुने छ । यस्तै सञ्चालक समितिमा एसीसीबाट ४ जना र कुमारीबाट ३ जना हुनेछन् ।


 

प्रतिक्रिया दिनुहोस