aarthiknews.com मंगलबार, १३ मंसिर २०७९   Tuesday, 29 November, 2022
 
Everest Bank
British College
Blue Diamond

उद्योगमन्त्री बडू २३ वर्षपछि प्रतिनिधिसभा सदस्यमा विजयी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०७ मंसिर २०७९
उद्योगमन्त्री बडू २३ वर्षपछि प्रतिनिधिसभा सदस्यमा विजयी
ismt college
nabil bank

दार्चुला । एकमात्र निर्वाचन क्षेत्र रहेको दार्चुलाबाट सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका नेता एवं उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन । उनी २३ वर्षपछि प्रतिनिधिसभा सदस्य पदको निर्वाचनमा विजयी भएका हुन । 

बडूले २८ हजार पाँच सय १५ मत प्राप्त गरे। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का गणेशसिंह ठगुन्ना २६ हजार तीन सय ८१ मत ल्याएर पराजित भए । मुख्य निर्वाचन अधिकृत खेमराज भट्टका अनुसार ८९ हजार एक सय ५४ मतदाता रहेको दार्चुलामा ५८ हजार ५८ मत खसेको थियो । 

मन्त्री बडू एमालेका ठगुन्नाभन्दा दुई हजार एक सय ३४ मत बढी ल्याएर विजयी भएका हुन । पराजित ठगुन्ना यसअघि २०७० र २०७४ मा प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए । 
 

प्रतिक्रिया दिनुहोस