aarthiknews.com विहीबार, २६ माघ २०७९   Thursday, 09 February, 2023
 
kalapathar

काठमाडौं क्षेत्र नं ८ का दुवै प्रदेशको मत परिणाम सार्वजनिक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०७ मंसिर २०७९
nabil bank
kispangmun.gov.np/
काठमाडौं क्षेत्र नं ८ का दुवै प्रदेशको मत परिणाम सार्वजनिक
bhotekoshimun.gov.np/
LBF

काठमाडौं । काठमाडौँ जिल्ला निर्वाचन क्षेत्र नं ८ का दुवै प्रदेशको मत परिणाम सार्वजनिक भएको छ । गत आइतबार भएको मतदानको आज प्राप्त परिणामअनुसार क्षेत्र नं ८ को प्रदेशसभा (१) मा हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्रचार्य विजयी भएका छन् ।

उनले पाँच हजार ४६२ मत प्राप्त गरे । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले) का राजेशकाजीले शाक्य तीन हजार ७११ मत पाएका छन् । यसैगरी नेपाली कांग्रेसका राजुराज जोशीले तीन हजार ६७० मत पाएको निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी रमेश आचार्यले जानकारी दिए ।

यसैगरी क्षेत्र नं ८ को प्रदेशसभा (२) मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उद्धव थापा तीन हजार ३४९ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले) का निमाघ्याम्छो तामाङले एक हजार ९१५ मत पाएका छन् । कांग्रेसका अमिन पाण्डेले एक हजार २३७ मत पाएका उनले जानकारी दिए ।

क्षेत्र नं ८ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बिराजभक्त श्रेष्ठ १० हजार १०५ मत प्राप्त गरी विजयी भएका थिए । उनका निकटतम् प्रतिद्वन्द्वी हाम्रो नेपाली पार्टीका सुमन सायमीले छ हजार १७४ मत पाएका थिए । 

प्रतिक्रिया दिनुहोस