aarthiknews.com मंगलबार, १३ मंसिर २०७९   Tuesday, 29 November, 2022
 
Everest Bank
British College
Blue Diamond

चार महिनामा पाँच खर्बको आयात हुँदा, ५४ अर्बको निर्यात

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०७ मंसिर २०७९
चार महिनामा पाँच खर्बको आयात हुँदा, ५४ अर्बको निर्यात
ismt college
nabil bank

काठमाडौं । चालू आर्थिक वर्षको चार महिनामा करिब पाँच खर्ब रुपैयाँ बराबरको आयात भएको छ । भन्सार विभागका अनुसार यस अवधिमा पाँच खर्ब ३२ अर्ब ६९ करोड १३लाख रुपैयाँ बराबरको वस्तु नेपाल भित्रिएको हो । जुन गत आर्थिक वर्षको तुलनामा १८.०८ प्रतिशतले घटेको हो । 

गत आवको सोही अवधिमा ६ खर्ब ५० अर्ब २९ करोड ४३ लाख रुपैयाँ बराबरको आयात भएको थियो  । आयातसंगै निर्यात पनि घटेको छ । यस अवधिमा ५४ अर्ब ७७ करोड ४३ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । गत वर्षको सोहि अवधिको तुलनामा निर्यात ३३.३० प्रतिशतले घटेको भन्सार विभागले जनाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा ८२ अर्ब १२ करोड ४२ लाख रुपैयाँ बराबरको निर्यात भएको थियो ।

त्यस्तै, कात्तिक महिनामा नेपालले ४ खर्ब ७७ अर्ब ९१ करोड ७० लाख रुपैयाँको व्यापार घाटा व्यहोरेको छ । गत वर्षको सोही अवधिमा नेपालले ५ खर्ब ६८ अर्ब १७ करोड तीन लाख रुपैयाँ व्यापार घाटा व्यहोरेको थियो । गत वर्षको तुलनामा यस वर्ष व्यापार घाटा १५.८८ प्रतिशतले घटेको छ । 

त्यस्तै, वैदेशिक व्यापार १९ दशमलव ७९ प्रतिशतले घटेको छ । यस अवधिमा ५ खर्ब ८७ अर्ब ४६ करोड ५६ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ । गत वर्षको सोही अवधिमा ७ खर्ब ३२ अर्ब ४१ करोड ८६ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको थियो ।
 

प्रतिक्रिया दिनुहोस