
काठमाडौं । दाङको निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले माओवादी केन्द्रकी रेखा शर्मासँगको मतान्तर घटाएका छन् ।
मंगलबार बेलुकीसम्म झण्डै दुई हजार मत अन्तरले पछि परेका पोख्रेलले बुधबार बिहानसम्म मत अन्तर १६०० मा झारेका छन् ।
आज बिहानको मत परिणाम अनुसार रेखाले १४ हजार १०७ मत पाएकी छन् । उनलाई पछ्याइरहेका शंकर पोख्रेलले १२ हजार ४२३ मत पाएका छन् ।
हालसम्म दाङ क्षेत्र नं. २ मा ३८ हजार १३२ मत गणना भइसकेको छ । अहिले क्षेत्र नं. २ को प्रदेश सभा (२) तर्फको मत गणना भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस