
काठमाडौं । चितवनको क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरि ढकालले मतान्तर फराकिलो बनाएका छन् । यहाँ ढकालले अहिलेसम्म १४ हजार २९९ मत पाएका छन् ।
त्यसैगरी दोश्रोमा नेपाली कांग्रेसका उम्मेदवार रहेका छन् । कांग्रेसका विश्वनाथ पौडेलले १० हजार ६२९ मत पाउँदा तेश्रो स्थानमा रहेका नेकपा (एमाले)का उम्मेदवार सुरेन्द्र प्रसाद पाण्डेले १० हजार ३८४ मत ल्याएका छन् ।
सुरेन्द्र पाण्डे पूवै अर्थमन्त्रीसमेत हुन् ।
प्रतिक्रिया दिनुहोस