
काठमाडौं । प्रतिनिधिसभा सदस्यतर्फ सुनसरी निर्वाचन क्षेत्र नम्बर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवारको अग्रता कायमै छ ।
११ हजार ८१३ मतगणना गरिँदा सो पार्टीका लालविक्रम थापाले चार हजार ५९ मत पाएका छन् । उनलाई प्रदेश नं. १ का पूर्वमुख्यमन्त्रीसमेत रहेका नेकपा (एमाले)का उमेदवार भीम आचार्यले ३ हजार १४७ मतसहित पछ्याइरहेका छन् ।
यस्तै, नेपाली कांग्रेसका उमेदवार सिताराम मेहता तेस्रो स्थानमा छन् । उनले २ हजार १२२ मत प्राप्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस