
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीको सोमबार बसेको संचालक समितिको बैठकले शेयरधनीहरुलाई लाभांश दिने प्रस्ताव गरेको हो । कम्पनीले आर्थिक वर्ष २०७८/०७९ नाफाबाट शेयरधनीहरुलाई बोनस र नगद गरी ६.८४ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।
इन्स्योरेन्सले हाल कायम रहेको चुक्ता पुँजीकाे ६.५० प्रतिशतका दरले हुन आउने ११ करोड ६ लाख ७ हजार ३४२ रुपैयाँ बोनस शेयर र ०.३४ प्रतिशतका दरले हुन आउने ५८ लाख २१ हजार ४३९ रुपैयाँ बराबरको करसहितको नगद लाभांश दिने प्रस्ताव गरेको हो । उक्त प्रस्तावित लाभांश बीमा प्राधिकरणले स्वीकृत गरेर कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि शयरधनीहरुले ले पाउनेछन् ।
प्रतिक्रिया दिनुहोस