नेपालमा पहिलो पटक भिडियो कन्फेरेन्समार्फत मन्त्रीपरिषद बैठक - Aarthiknews
aarthiknews.com मंगलबार, ०५ कार्तिक २०७६   Tuesday, 22 October, 2019
 
Bajaj_Bike

नेपालमा पहिलो पटक भिडियो कन्फेरेन्समार्फत मन्त्रीपरिषद बैठक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०९ भदौ २०७६
Sunrise bank
नेपालमा पहिलो पटक भिडियो कन्फेरेन्समार्फत मन्त्रीपरिषद बैठक
LBEF

काठमाडौं । मन्त्रीपरिषद बैठक प्रधनमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरवारमा बसेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि सिंगापुरमा रहेकाले पहिलो पटक भिडियो कन्फेरेन्समार्फत बैठक बसेको हो ।

प्रधानमन्त्री ओली उपचारमा जानुअघि कार्यविधि संशोधन गरी भिडियो कन्फ्रेन्समार्फत पनि मन्त्रिपरिषद बैठक बस्न सक्ने ब्यवस्था गरिएको थियो ।

भिडियो कन्फेरेन्समार्फत बैठक बसेको तस्विर प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमालले सामाजिक संजालमार्फत सार्वजनिक गरेका हुन ।

भिडियो कन्फेरेन्समा सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयबाट सबै मन्त्री सहभागी भएका छन् भने सिंगापुरबाट प्रधानमन्त्री ओलीले सम्बोधन गरेका छन् ।

यसअघि मन्त्रीपरिषद बैठकले प्रधानमन्त्री सिंगापुर जानुअघि भिडियो कन्फेरेन्सबाटै बैठक सञ्चालन गर्न सकिने व्यवस्था गरेको थियो ।

प्रतिक्रिया दिनुहोस