
काठमाडौं । ललितपुरको क्षेत्र नं. २ मा एमालेले अग्रता लिएको छ भने लौरो चुनाव चिन्ह लिएका हाम्रो नेपाली पार्टीका उम्मेदवारले दोश्रो स्थान लिएर पछ्याइ रहेका छन् ।एमालेका उमेदवार प्रेमबहादुर महर्जनले १३१७ प्राप्त गर्दै अग्रता हासिल गरेका छन् ।
उनलाई हाम्रो नेपाली पार्टीका सुदीन शाक्यले पछ्याएका छन् । उनको चुनाव चिह्न लौरो रहेको छ । उनले ८९७ मत प्राप्त गरेका छन् । त्यसैगरी एकीकृत समाजवादीका प्रेमलाल महर्जनले ७७७ मत प्राप्त गरेका छन् भने राप्रपाका रघुवर राज थापाले ६७६ र राष्ट्रिय स्वतन्त्र पार्टीका बुद्धरत्न महर्जन ३९० मत प्राप्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस