
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीद्वारा डिल्लीबजार कारागारबाट समानुपाती सांसदलाई मतदान गरेका छन् । बर्दिया–२ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका नागरिक उन्मुक्ति पार्टीका संरक्षक चौधरीको उम्मेदवारी खारेज भएको थियो ।
अदालतबाट कैलाली नरसंहारको मुख्य दोषी करार भएका चौधरी डिल्लीबजार कारागारमा छन् । चौधरी २०७४ सालको निर्वाचनमा जनता समाजवादी पार्टीबाट कैलाली निर्वाचन–१ बाट निर्वाचित भएका थिए ।
तत्कालीन प्रधानमन्त्री केपी ओली सरकारलाई जसपाले समर्थन गरेपछि ओलीले जेलबाट निकालेर चौधरीलाई सिंहदरबार लगेर सभामुख कृष्णबहादुर महराबाट सांसद पदको सपथ गराउन लगाएका थिए । चौधरीले जेलमा रहे पनि श्रीमती रञ्जिता श्रेष्ठ अध्यक्ष रहने गरी नागरिक उन्मुक्ति पार्टी स्थापना गरेका थिए ।
प्रतिक्रिया दिनुहोस