
भैरहवा । जिल्ला कारागार रुपन्देहीका कैदी बन्दिहरुले मतदान गरेका छन् । मताधिकारको प्रयोग गर्दै रुपन्देहीको अस्थायी मतदान केन्द्र जिल्ला कारागारबाट प्रतिनिधी सभाको समानुपातिक तर्फका उम्मेदवारलाई मतदान गरेका हुन् । उनीहरुले प्रत्यक्ष र प्रदेश सभाका उम्मेदवारहरुलाई भने भोट हाल्न पाउँदैनन् ।
जिल्ला निर्वाचन कार्यालय रुपन्देहीले दिएको नाम लिस्ट अनुसारका ६६ जना मध्ये ५२ जनाले भोट हालेको मतदान अधिकृत गंगाप्रसाद अधिकारीले बताए । अन्य कैदिहरु जिल्लामा सुरुवा र सफाइ भएको मतदान अधिकृत अधिकारीले बताए । मतदान स्थलमा खटिएका ३ जना कर्मचारीले भोट हाले तर सुरक्षाकर्मीले भने भोट हाल्न पाएनन् । अस्थायी मतदान केन्द्रमा खटिएका सुरक्षाकर्मीको मतदान गर्ने लिस्ट नआउँदा भोट हाल्नबाट बन्चित रहेको अधिकारीले बताए ।
रुपन्देहीमा ५ ओटा अस्थायी मतदान केन्द्र रहेका छन् । जिल्ला कारागार रुपन्देही, शसस्त्र प्रहरी बल सिमा सुरक्षा २७ नं. गण, रामनगर ब्यारेक बुटवल, सैनामैना व्यारेक र सालझण्डी ब्यारेक रहेको मुख्य निर्वाचन अधिकृत कृष्णराम कोइरालाले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस