aarthiknews.com आइतबार, १४ जेठ २०८०   Sunday, 28 May, 2023
 

म्याग्दीमा १०७ वर्षीय वृद्धले मतदान गरे

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०४ मंसिर २०७९
Prabhu Bank
म्याग्दीमा १०७ वर्षीय वृद्धले मतदान गरे
NIBL

म्याग्दी । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत आज म्याग्दीमा एक एक सय सात वर्षीय वृद्धले मतदान गरेका छन । मालिका गाउँपालिका–२ रुमका जसमनी कामीले राष्ट्रिय माविको (क) मतदान केन्द्रबाट मतदान गरेको मतदान अधिकृत ईश्वरबहादुर भण्डारीले जानकारी दिए । 

म्याग्दीका एक सय २० वटै मतदान केन्द्रमा आइतबार बिहान ७ बजेदेखि मतदान सुरु भएको छ । म्याग्दीमा ८६ हजार मतदाता छन् । यहाँ प्रतिनिधिसभामा एक र प्रदेशसभामा दुई वटा निर्वाचन क्षेत्र छन् । रासस

प्रतिक्रिया दिनुहोस