aarthiknews.com मंगलबार, २३ जेठ २०८०   Tuesday, 06 June, 2023
 

पूर्वअर्थमन्त्री र राष्ट्रिय सभा अध्यक्षले मतदान गरे

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०४ मंसिर २०७९
पूर्वअर्थमन्त्री र राष्ट्रिय सभा अध्यक्षले मतदान गरे
NIBL

काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आफ्नो गृह जिल्ला पर्वतको मोदी गाउँपालिका वडा नं. ७ राम्जाको पशुपति मावि (क) केन्द्रबाट मतदान गरेका छन् । उनले पशुपति केन्द्रबाट बिहान ७ः३० बजे मतदान गरेका हुन् । 

प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा मतदान गर्न अध्यक्ष तिमिल्सिना शनिबार आफ्नो गाउँ पुगेका थिए । माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले गृह जिल्ला रोल्पामा मतदान गरेका छन् । पुनले बिहान ७ः३० बजे रोल्पा नगरपालिका–७ स्थित बालउदय मावि केन्द्रबाट मतदान गरेका हुन् ।

 पुन सत्तारुढ गठबन्धनका तर्फबाट रोल्पाबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार छन् ।देशभर बिहान ७ बजेबाट सुरु भएको मतदान प्रक्रिया साँझ ५ बजेसम्म जारी रहनेछ । देशभर आइतबार सुरु भएको निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार ५७० मतदाता रहेका छन् । ती मतदाताले १० हजार आठ सय ९२ मतदानस्थलमा रहेका २२ हजार दुई सय २७ मतदान केन्द्रबाट मताधिकार प्रयोग गर्नेगरी व्यवस्था मिलाइएको निर्वाचन आयोगले जनाएको छ ।
 

प्रतिक्रिया दिनुहोस