
काठमाडौं । आम निर्वाचन–२७९ अन्तर्गत आज भइरहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा कुल मतदाता मध्य ७० प्रतिशतसम्मले मतदानमा भाग लिन सक्ने अनुमान निर्वाचन आयोगले गरेको छ । आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले ७० प्रतिशत भन्दा पनि बढी मतदातालृ मतदान गर्ने अनुमान आफूले गरेको बताए ।
आज भक्तपुरको लोकन्थलीस्थित युनिक नेपाल एकेडेमी मतदान केन्द्रबाट मतदान गरिसकेपछि प्रमुख आयुक्त थपलियाले मतदान छिटो र सहज बनाउन देशैभरका निर्वाचन अधिकृतहरूलाई आग्रह गरे ।
बेलुका मतदान सकिनेबित्तिकै सबै मतदानकेन्द्रहरूबाट मतपेटिका संकलन गरिने र आजै बेलुका ८ बजेतिरबाट मतगणना सुरु हुने उनले बताए ।
प्रतिक्रिया दिनुहोस