
तनहुँ । आम चुनाव–२०७९ अन्तर्गत आज भइरहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले मतदान गरेका छन् । पौडेलले तनहुँको व्यास २ स्थित सत्यवती मावि मतदानस्थलको मतदान केन्द्र खबाट पहिलो मत खसालेका हुन् ।
रामचन्द्र पौडेले तनहुँ प्रतिनिधि सभा १ को उम्मेदवार पनि हुन् । उनीसहित यो क्षेत्रबाट प्रतिनिधि सभामा १६ जना उम्मेदवार प्रतिस्पर्धामा छ ।
प्रतिक्रिया दिनुहोस