aarthiknews.com आइतबार, १४ जेठ २०८०   Sunday, 28 May, 2023
 

के के परिचयपत्रका आधारमा मतदान गर्न पाइने ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०३ मंसिर २०७९
Prabhu Bank
के के परिचयपत्रका आधारमा मतदान गर्न पाइने ?
NIBL

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा निर्वाचन आयोगबाट जारी मतदाता परिचयपत्रको विकल्पमा अन्य पाँच प्रकारका सरकारी परिचयपत्रको सक्कलका आधारमा मतदान गर्न सकिने व्यवस्था गरिएको छ । 

मतदानका लागि आयोगबाट जारी मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, जग्गाधनी प्रमाणपुर्जा, राहदानी र सवारी चालक अनुमतिपत्रको सक्कलप्रति आवश्यक पर्ने आयोगले जनाएको छ । 

अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले मतदानका दिन मतदान केन्द्रमा जाँदा ती परिचयपत्रको सक्कलप्रति लिएर मतदान गर्न सक्नेछन् । आइतबार देशभर एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन हुँदैछ । 

प्रतिक्रिया दिनुहोस