aarthiknews.com बुधबार, २० मंसिर २०८०   Wednesday, 06 December, 2023
 
Royal Enfield

नेपाल एयरलाइन्सलाई प्राधिकरणको निर्देशन, अलपत्र यात्रु भोलि नै उडाउनु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०२ मंसिर २०७९
Global IME
नेपाल एयरलाइन्सलाई प्राधिकरणको निर्देशन, अलपत्र यात्रु भोलि नै उडाउनु
DHI
nmb

काठमाडौं । नेपाल एयरलाइन्सको  लापारवाहीले अलपत्र परेका यात्रुहरुलाई नियमित उडान मार्फत १९ नोभेम्बरमा उडान गर्न नागरिक उडडयउन प्राधिकरणले नेपाल निर्देशन दिएको छ । विहीबार राति कतारको दोहा जान लागेका यात्रुहरुलाई जहाजका सबै सिट भरिएको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै फर्काइएपछि नेपाल नागरिक उडड्यन प्राधिकरण घेर्न पुगेका थिए ।

प्राधिकरणले नेपाल एअरलाइन्सको उडान नम्बर आरए १३९( काठमाडौं–दोहा कतार) आरए २२९ (काठमाडौं–दुबई)को ओभर बुकिङका कारण अफ लोड गरेको गुनासो सहित प्राधिकरणमा निवेदन आएको भन्दै प्राधिकरणले निर्देशन दिएको छ । 

गएराति ११ बजेको उडानका लागि टिकट काटेर एयरपोर्ट पुगिसकेका यात्रुहरुलाई जहाज प्याक भइसकेको भन्दै फर्काइएपछि आक्रोशित यात्रुहरु विरोध जनाउन नागरिक उड्डयन प्राधिकरणको कार्यालय पुगेका थिए ।

कतार र दुबई जान लागेको करिब ६० जना यात्रुहरुलाई फर्काइएको कतारको दोहा जान लागेको झापा निवासी किरण सिवाकोटीले बताए । उनीहरुलाई एयरलाइन्सले सुन्धाराका होटलहरुमा लगेर राखेको उनले बताए ।

उनका अनुसार गएराति ११ बजेको उडानका लागि राति ८ बजे नै एयरपोर्ट पुग्दा नेपाल एयरलाइन्सको काउन्टर क्लोज भइसकेको थियो । त्यहाँका कर्मचारीहरुले सिट फूल भइसकेको भन्दै यात्रुहरुलाई होटलमा लगेको  सिवाकोटीले बताए । नेपाल एयरलाइन्सले लापरवाही गरेर यात्रुहरुलाई अलपत्र पारेको भन्दै उनले विरोध जनाए ।

लापरवाही गर्नेहरुलाई कारबाहीको माग गर्दै यात्रुहरु सुन्धाराको होटलबाट नागरिक उड्डयन प्राधिकरणको कार्यालय बबरमहलमा पुगेका छन् । एक महिना अघि टिकट काटेका करिब ६० जना यात्रुहरु अलपत्र परेका छन् । उनीहरुलाई प्राधिकरणले वार्तामा बोलाएको समेत उनले बताए ।


 

 

 

प्रतिक्रिया दिनुहोस