aarthiknews.com बुधबार, २४ जेठ २०८०   Wednesday, 07 June, 2023
 

कतार जानका लागि टिकट काटेका ६० जना यात्रु जव सुनधाराको होटलमा भेटिए...

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०२ मंसिर २०७९
NIBL

काठमाडौं । नेपाल एयरलाइन्सको जहाजबाट गएराति कतारको दोहा जान लागेका यात्रुहरुलाई जहाजका सबै सिट भरिएको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै फर्काइएपछि नेपाल नागरिक उडड्यन प्राधिकरण घेर्न पुगेका छन ।

गएराति ११ बजेको उडानका लागि टिकट काटेर एयरपोर्ट पुगिसकेका यात्रुहरुलाई जहाज प्याक भइसकेको भन्दै फर्काइएपछि आक्रोशित यात्रुहरु विरोध जनाउन नागरिक उड्डयन प्राधिकरणको कार्यालय पुगेका हुन ।

झापाका एकजना यात्रु किरण सिवाकोटी भने, ‘टिकट हाम्रो हातमा छ तर जहाजका सबै सिट प्याक भयो, अब तपाईंहरुको फ्लाइट पर्सि हुन्छ भनेर हामीलाई फर्काइयो ।’ आफूसहित करिब ६० जना यात्रुहरुलाई फर्काइएको सिवाकोटी बताउँछन् । उनीहरुलाई एयरलाइन्सले सुन्धाराका होटलहरुमा लगेर राखेको छ ।

उनका अनुसार गएराति ११ बजेको उडानका लागि राति ८ बजे नै एयरपोर्ट पुग्दा नेपाल एयरलाइन्सको काउन्टर क्लोज भइसकेको थियो । त्यहाँका कर्मचारीहरुले सिट फूल भइसकेको भन्दै यात्रुहरुलाई होटलमा लगेको  सिवाकोटीले बताए । नेपाल एयरलाइन्सले लापरवाही गरेर यात्रुहरुलाई अलपत्र पारेको भन्दै उनले विरोध जनाए ।

लापरवाही गर्नेहरुलाई कारबाहीको माग गर्दै यात्रुहरु सुन्धाराको होटलबाट नागरिक उड्डयन प्राधिकरणको कार्यालय बबरमहलमा पुगेका छन् ।एक महिना अघि टिकट काटेका करिब ६० जना यात्रुहरु अलपत्र परेका छन् । उनीहरुलाई प्राधिकरणले वार्तामा बोलाएको समेत उनले बताए । 

प्रतिक्रिया दिनुहोस