
काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादीका नेता एवं वर्तमान गठबन्धन सरकारका श्रमरोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेर बहादुर कुँवरले म्यानपावर व्यवसायीबाट २० करोड बढी रकम उठाएको खुल्न आएको छ । कुँवर नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादीका सुदुरपश्चिम प्रदेश अछाम १ का प्रतिनिधिसभा सदस्यका उम्मेद्वार हुन ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष एवं खगोल ओभरसिजका सञ्चालक विमल ढकाल र निलकमल ह्युमन रिसोर्स र यूथ म्यानपावरका सञ्चालक समेत रहेका सघका सचिव मेघनाथ भुर्तेल लगायत बज्र ह्युमन रिसोर्सका सञ्चालक नेकपा एकिकृत बैदेशिक रोजगार व्यवसायी संगठनका अध्यक्ष सन्त कुमार लामा,इन्टरनेश्नल म्यानपावरका सञ्चालक वाई.वि.राईसमेतको मिलेमतोमा श्रममन्त्री शेर बहादुर कुँवरलाई बीस करोड बढी रकम उठाइएको स्रोतले जानकारी दिएको छ ।
संघका सचिव मेघनाथ भुर्तेलले श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेर बहादुर कुँवर लगायत राजनीतिक दलका उच्च नेताहरुलाई संघको तर्फबाट रकम वितरण गरिएकोले ढुक्क भएर व्यवसाय सञ्चालन गर्न निर्देशन दिएको जानकारी प्राप्त भएको छ । विदेशस्थित नेपाली कुटनीतिक नियोग,वैदेशिक रोजगार विभाग र श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सेटिङ मिलाई सकेको भन्दै वैदेशिक रोजगारीमा जाने युवा,युवतीबाट अग्रिम रकम असुल्न समेत निर्देशन दिएको खुल्न आएको छ । सचिव भुर्तेलले काठमाडौंमा मात्रै १० अर्ब भन्दा बढी लगानी गरेका छन् । भुर्तेलले सिनामङ्गल आश्रम चोकमा एक भव्य भवन निर्माण गरिरहेका छन भने निलकमल ह्युमन रिसोर्स प्रा.लि.रहेको नीजि भवन,होटल,ट्राभल्स लगायत थुप्रै व्यवसाय सञ्चालन गर्दै आएकोले राजनीतिक दल र नेताहरुलाई रकम बाँडफाँडको जिम्मा संघका सचिव मेघनाथ भुर्तेललाई नै दिइएको छ ।
आसन्न यही मङ्सिर ४ गते हुन गइरहेको निर्वाचनमा रकमको चलखेल गरेर नक्कली डिमाण्ड तयार पार्ने,हुँदै नभएको टिकट देखाएर वैदेशिक रोजगारीमा जानेसँग रकम असुली गर्ने लगायत मानव तस्करीका कार्यहरु भइरहँदा राजनीतिक दलका उच्च तहका नेता तथा वर्तमान गठबन्धनका मन्त्रीहरुले मानव तस्करी गरेर निर्वाचनमा होमिका छन् । म्यानपावर व्यवसायीहरुले लाखौं युवायुवतीहरुसँग तत्कालै वैदेशिक रोजगारीमा पठाइदिने भन्दै पासपोर्ट संकलन गरेर स्वास्थ्य परिक्षण गराई नक्कली टिकट भिडाएर असुलेको रकम राजनीतिक दलका उच्च नेता तथा गठबन्धन सरकारका मन्त्रीहरुलाई नेपाल वैदेशिक रोजगार व्यवसायी संघ र एकिकृत वैदेशिक रोजगार संगठन नेपालका पदाधिकारीहरुले खुलेआम बाँडीरहेका छन भने सम्बन्धित निकाय मौन छन् ।
निलकमल ह्युमन रिसोर्स र युथ म्यानपावरका सञ्चालक मेघनाथ भुर्तेलको सिनामङ्गल आश्राम नजिक बन्दै गरेको भव्य महल बनाएका छन । भुर्तेलले वैदेशिक रोजगारीको नाममा नेपाली युवतीहरुलाई कुवेतमा ‘हाउसमेड’ घरको काममा पठाएर चेलीवेटी बेचविखन गर्दै आएका छन । रुम मेइड भनेर ‘हाउसमेड’ घरको काम पठाउने गरेको एक पीडितले बताए । कुवेतबाट महिला कामदारको नाममा आएको १००० देखि १५०० अमेरिकी डलर पनि आफै भ्mवाम पार्ने गरेका छन । वैदेशिक रोजगारीमा कुवेत जाने युवतीहरुबाट जनही २ लाख ५० हजार रकम असुली भव्य महल र राजनीतिक दललाई करोडौं चन्दा दिएर आफ्नो कालो कर्तुत बचाउने गरेका छन ।
प्रतिक्रिया दिनुहोस