
काठमाडौं । नेपालीहरुको श्रम गन्तव्यका रुपमा युरोपका मुलुक बन्दै गएको छ । चालु आर्थिक वर्षमा पनि नयाँ श्रम गन्तव्यहरुमा नेपालीको संख्या १२३.१ प्रतिशतले वृद्धि भएर १ लाख ४७,९३२ पुगेको छ । यो अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत (नयाँ) लिने तर, यसमा नयाँ श्रम गन्तव्यमा जानेको संख्या पनि उल्लेख्य बढेको छ ।
चालु आर्थिक वर्षको २०७९र८० को पहिलो ३ महिनामा माल्टामा मात्रै २ हजार ८६० जना नेपाली रोजगारीका लागि पुगेका छन् । वैदेशीक रोजगार विभागका अनुसार युरोपको माल्टा मुलुकमा अत्याधिक नेपाली श्रमको खोजिमा जाने मुलुकमा देखिएको छ । गत वर्षभरिमा माल्टा जाने नेपालीको संख्या १ हजार २७५ थियो भने पहिलो तीन महिनामा यो संख्या ५२ मात्रै थियो ।
३ महिनाको तथ्यांकअनुसार सातौं प्रमुख श्रम गन्तव्य रहेको रोमानियामा २ हजार ४४९ जना नेपाली पुगेका छन् । जबकी अघिल्लो वर्ष समीक्षा अवधिमा रोमानिया जाने नेपालीको संख्या १ हजार ५२ थियो भने वर्षभरिमा ६ हजार ४२३ जना रोमानिया पुगेका थिए ।
प्रतिक्रिया दिनुहोस