aarthiknews.com बुधबार, २४ जेठ २०८०   Wednesday, 07 June, 2023
 

ट्राफिक व्यवस्थापनमा काठमाडौं महानगर प्रहरीको सहयोग

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ३० कार्तिक २०७९
ट्राफिक व्यवस्थापनमा काठमाडौं महानगर प्रहरीको सहयोग
NIBL

काठमाडौं । काठमाडौं महानगरपालिकाले ट्राफिक व्यवस्थापन गर्न नगर प्रहरी खटाउन थालेको छ । नगर प्रहरी बलका प्रमुख नगर प्रहरी उपरीक्षक राजु पाण्डेकाअनुसार सवारी साधनको चाप धेरै भएका समय विहान ९ बजेदेखि ११ बजेसम्म र बेलुका ३ बजेदेखि ५ बजेसम्म मुख्य चोकहरुमा ट्राफिक प्रहरीसँगै २ जना नगर प्रहरी खटाउन थालिएको हो । ‘आज हामीले कोटेश्वर, बानेश्वर, गौशाला, जमल, रत्नपार्क, महाराजगञ्ज, कालीमाटी, कलंकीलगायत स्थानमा हाम्रा जनशक्ति परिचालन गरेका छौँ’, पाण्डेको भनाइ छ ।   
 

प्रतिक्रिया दिनुहोस