aarthiknews.com बुधबार, २४ जेठ २०८०   Wednesday, 07 June, 2023
 

मतदान गर्न जाँदा लग्न पाइने छैन यस्ता सामाग्री

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ३० कार्तिक २०७९
मतदान गर्न जाँदा लग्न पाइने छैन यस्ता सामाग्री
NIBL

काठमाडौंं । निर्वाचन आयोगले मंसिर ४ गते हुन लागेको चुनावमा मत हाल्न जाँदा के–के लान नपाउने भन्ने बारे स्पष्ट पारेको छ । आयोगले उक्त दिन मतदान केन्द्रमा मोबाइल, क्यामेरालगायत सामग्री लैजान निषेध गरेको छ । 

प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनलाई मर्यादित बनाउन आयोगले यस्ता सामग्री मतदान केन्द्रमा लैजान निषेध गरेको जनाएको छ । 

आयोगले आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका क्रममा मतदानमा सहभागी हुने मतदातालाई मतदान केन्द्रमा जाँदा क्यामेरा, मोबाइल, सलाई, लाइटरलगायतका वस्तु लैजान रोक लगाइएको जनाएको छ ।

निषेधित वस्तु मतदाताले बोकेर गएको अवस्थामा त्यस्ता वस्तुलाई बाहिरै राख्ने व्यवस्था मिलाइनेछ ।

आयोगले निषेधित वस्तु नलैजान आग्रह गर्दै कसैले झुक्याएर त्यस्ता वस्तु लगेमा जफत गरिने जनाएको छ । उसले निर्वाचन आचारसंहिता र निर्वाचन निर्देशिकाविपरीतका कार्य गर्नेमाथि कारबाही गर्न निर्देशन पनि दिएको छ ।

प्रतिक्रिया दिनुहोस