aarthiknews.com मंगलबार, २३ जेठ २०८०   Tuesday, 06 June, 2023
 

जापानमा शक्तिशाली भूकम्प

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ३० कार्तिक २०७९
जापानमा शक्तिशाली भूकम्प
NIBL

एजेन्सी । जापानमा ६.१ म्याग्निच्युडको भूकम्प गएको छ । सोमबार मध्य जापानमा भूकम्प गएको हो । भूकम्पपछि टोकियोलगायतका शहरमा धक्का महसुस गरिएको थियो । भूकम्प सोमबार साँझ मध्य मिई प्रिफेक्चरको करिब ३५० किलोमिटर गहिराइमा गएको जापानको मौसम विज्ञान एजेन्सीले जनाएको छ ।

 सार्वजनिक प्रसारक एनएचकेका अनुसार भूकम्पबाट फुकुशिमा आणविक संयन्त्रहरूमा कुनै क्षति रिपोर्ट गरिएको छैन । अमेरिकी भूगर्भ सर्वेक्षणले पनि ६।१ रेक्टर स्केलको भूकम्प मापन गरेको छ ।

प्रतिक्रिया दिनुहोस