नेप्से साढे तीन अंकले घट्यो - Aarthiknews
aarthiknews.com बुधबार, ०१ असोज २०७६   Wednesday, 18 September, 2019
 

नेप्से साढे तीन अंकले घट्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०८ भदौ २०७६
Sunrise bank
नेप्से साढे तीन अंकले घट्यो
LBEF
NCH-IPS

काठमाडौं । साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३.४५ प्रतिशतले घटेर १२०९.६२ अंकमा झरेको छ । यस दिन नेप्सेमा १७१ कम्पनीको १२ लाख ७५ हजार ६२३ कित्ता शेयर ३५ करोड २ लाख ६९ हजार रुपैयाँभन्दा बढीमा कारोबार भएको छ । कारोबार शुरु भएदेखि निरन्तर आरोलो लागेको परिसूचक कारोबार बन्द हुने बेलामा केही सुधारिएको भए पनि अन्ततः ३ अंकको गिरावट आएको थियो ।
आइतबार कारोबार रकमका आधारमा छिमेक लघुवित्त कम्पनी अगाडि आएको छ । यस कम्पनीको ३ करोड २१ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ । 
यस दिन सिर्जना फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यस कम्पनीको शेयर मूल्य ४.२१ प्रतिशतले बढेको छ । त्यस्तै सबैभन्दा बढी गुमाउनेमा पाँचथर कम्पनीका लगानीकर्ता रहेका छन् । यस कम्पनीको शेयर मूल्य ७.२० प्रतिशतले घटेको छ ।
यस दिन होटल  र उत्ािदन समूहबाहेक बाँकी सबै समूहमा गिरावट आएको  छ ।
 

प्रतिक्रिया दिनुहोस